माहानायक राजेश हमाल टेलीभिजन कार्यक्रम ‘जातको प्रश्न’मा देखिदै

    १४ सावन, २०७७



काठमाडौं । माहा नायक राजेश हमाल टेलीभिजन कार्यक्रम जातको प्रश्नमा देखिने भएको छन ।  अभिनेता राजेश हमाललाई दर्शकले फिल्मको पर्दामा नदेखेको धेरै भयो । केही समययता ठूलो पर्दाबाट बाहिर रहेका हमाल अब भने सानोपर्दामा देखिने भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् ।  ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ समेत संचालन गरेका राजेश हमालको  ‘जातको प्रश्न’े कार्यक्रम आगामी शनिबारदेखी संचालन हुने भएको छ । 

साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउँदैछ धेरै पहिले फिल्मबाट केही फुर्सदिलो भएको समय अभिनेता निर्देशक दिनेश डिसीले राजेशलाई ‘वाई वाई क्वीज’मा सहभागी गराएका थिए । अहिले फेरि राजेश फुर्सदमा रहेको बेला कान्तिपुर टेलिभिजन मार्फत डिसीलेनै ‘जातको प्रश्न’ कार्यक्रममा सहभागी गराएका हुन् ।

‘जातको प्रश्न’ एउटा बहस विशेष कार्यक्रम हो । कार्यक्रममा जातपात र यसको कारणले हुने विभेदको विषयमा राजेश फिल्डमा उत्रिएर बहस चलाउने छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post