रिमाको ‘मेलोबाबा’ कमेडी च्याम्पियन बाहिरिए

 कोरखबर   २५ चैत, २०७६



काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारित मुलुककै पहिलो हास्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट तीनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) उर्फ ‘मेलोबाबा’ बाहिरिएका छन् । प्रत्येक सोमबार र मंगलबार कान्तिपुर टेलिभिजनको चर्चित रियालिटी शो कमेडी च्याम्पियनको आउँदो श्रृंखलामा मेक्सम बाहिरीएको देखाइनेछ ।

स्यांङ्जाका मेक्सम समसामयिक विषयवस्तुलाई गहिरोसँग अध्ययन गरेर हास्यब्यङ्यमा ढाल्न सक्ने प्रतिभा भएका ब्यक्ति थिए । उनको प्रस्तुतिमा सामाजिक, राजनीतिक विषयको चेत रहेको कार्यक्रमका निर्णायकहरुले बताउँथे ।

भोटिङको आधारमा बनेको कार्यक्रममा मेक्समले यो हप्ता कम भोट प्राप्त गरेका कारण बाहिरीएका हुन् । मेक्समलाई शोमा ‘मेलोबाबा’ उपनामले चिनिन्थे । खासगरी कार्यक्रम होस्ट रिमा विश्वकर्माले मेक्समलाई ‘मेलोबाबा’ भनेर बोलाउँदा कमेडी च्याम्पियनको माहौल रमाइलो हुन्थ्यो ।

कार्यक्रममा भाइरल बाबा, सेलिब्रेटीको लाइफ स्टायल, टिकट पाउने नेता जस्ता प्रस्तुति दर्शकले अत्याधिक रुचाएका थिए । उनको कमेडीमा पञ्चलाई अत्याधिक रुचाइएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post