ललितपुर । ललितपुरका उदयमान युवा गायक तथा सर्जक विदुर घिमिरेको आवाजमा रहेको नयाँ मौलिक दोहोरी गीत ‘भेटौँ सानु डाँडापारीमा’ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ललितपुरकै सर्जक कृष्ण दाहालको लय शब्द भरिएको यो गीतमा गायक घिमिरेलाई बहुचर्चित गायिका शान्तिश्री परियारले साथ् दिएकी छिन् ।
नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल र रातो सारीको महिमालाई उजागर गरिएको यस गीतको म्युजिक भीडीयोमा विदुर घिमिरे र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई मनोज सुवेदीले निर्देशन तथा रेशम दर्लामीले छायांकन गरेका हुन् भने यसलाई बुढासुब्बा म्युजिकको आधिकारिक च्यानलमार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।