नेपाल आइडलबाट बाहिरिइन् मुस्कान

 कोरखबर   २५ चैत, २०७६



काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता मुस्कान रानाभाट बाहिरिएकी छिन् । सबैभन्दा धेरै भोट पोखराका नेसन पुन मगरले पाउँदा सोही ठाउँकी मुस्कानको नेपाल आइडलको यात्रा समाप्त भएको हो ।

नेपाल आइडलमा अब प्रवीण बेडुवाल, नेसन पुन मगर, कविन ग्लान तामाङ, सज्जा चौलागाईं र मेघा श्रेष्ठ प्रतिस्पर्धामा बाँकी छन् ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

नेपाल आइडल सिजन–३ का विजेताले नगद रु. ५० लाख प्राप्त गर्ने छन् । फष्ट रनर अपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने नेपाल आइडलले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post