काठमाडौँ । चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थी भर्ना र सिट संख्या दुवै बढेको देखिएको छ । शैक्षिक सत्र २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षको तथ्याङ्कले यस्तो प्रवृत्ति देखाएको हो ।
तर सबै विधामा विद्यार्थीको आकर्षण समान भने छैन । एमबीबीएस र नर्सिङमा विद्यार्थीको चाप उल्लेख्य रहेको छ, जबकि जनस्वास्थ्य विधामा विद्यार्थी अपेक्षाकृत कम आकर्षित भएका छन् ।
चिकित्सा शिक्षामा विधागत असन्तुलन
पाँच वर्षे तथ्याङ्कले भर्ना र सिट दुवै बढेको देखाए पनि विधाअनुसार विद्यार्थीको रुचि फरक देखिएको छ । केही विधामा विद्यार्थीको ओइरो लाग्दा जनस्वास्थ्य जस्ता विधामा भने खडेरीको अवस्था देखिएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।