विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रशासनिक ढिलासुस्तीका कारण तीनवर्षे एलएलबी अध्ययनको अवसरबाट वञ्चित भएका मोरङका विद्यार्थी योगराज दाहालले राष्ट्रिय मानव अधिकार आयोगमा थप तथ्यगत प्रमाणसहित पूरक निवेदन दर्ता गराएका छन् ।
मोरङको लेटाङ नगरपालिका–२, फडानीका दाहालले आयोगमा थप प्रमाण बुझाउँदै विषयमा छानबिन र सुनुवाइको माग गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयले पठाएका पत्रसमेत त्रिविले बेवास्ता गरेको विषय पनि यससँगै चर्चामा आएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।