धनगढी । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा कोशीले जित हात पारेको हो।
नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको यो खेलमा गण्डकी प्रदेश यू–१९ ले १९२ रनको चुनौती दिएको थियो।
कोशी प्रदेशले ३ विकेटको अन्तरले खेल जित्दै प्रतियोगितामा सफलता हासिल गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।