ब्रेकिङ न्युज
विज्ञापन
अपराध

२४.७० क्युबिक फिट सालको काठसहित एक जना पक्राउ

चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वन क्षेत्रमा रातिको संयुक्त वन गस्तीका क्रममा साल जातको २४.७० क्युबिक फिट गोलिया काठसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७, नयाँबस्ती कटानीका अनिल राम रहेका छन्।

चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनबाट खटिएको संयुक्त टोलीले नयाँबस्ती कटानी क्षेत्रबाट उत्तरतर्फ काठ ओसारपसार भइरहेको अवस्थामा रामलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

गस्ती टोलीले उनको साथबाट साल जातको ५ थान गोलिया काठ, काठ ओसारपसारमा प्रयोग भएको ३ थान साइकल र १ थान पिन्चा (आरा) समेत बरामद गरेको वन कार्यालयले जनाएको छ।

पक्राउ परेका राम तथा बरामद काठ र अन्य सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा बुझाइएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

वन क्षेत्रमा अवैध रूपमा काठ कटान तथा ओसारपसार नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानीलाई तीव्र पारिएको वन कार्यालयको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।