विज्ञापन
समाज

हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ।

शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानिगाड क्षेत्रमा हिमपातले आवागमन अवरुद्ध भएपछि पर्यटकहरू अलपत्र परेका हुन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाउने तयारी गरिएको छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सेनाको हेलिकोप्टर केही समयमै पर्यटकको उद्धारका लागि घटनास्थल पुग्दैछ। उद्धारमा लाग्ने खर्च विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन्।

विज्ञापन

हिमपातका कारण अलपत्र परेका भारतीय पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंहा, दिप्लिना विश्वास र राजेश डे रहेका छन्। दानिगाड क्षेत्रमा बाक्लो हिमपात भएपछि उनीहरूको यात्रा प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण थप जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले उद्धारको पहल गरेको जनाएको छ।

डोल्पामा केही दिनयता लगातार हिमपात भइरहेको छ। हिमपातले उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनाउनुका साथै पर्यटकीय गतिविधिमा समेत अवरोध पुर्‍याएको छ। पदयात्रा तथा भ्रमणमा रहेका पर्यटकलाई आवतजावतमा कठिनाइ भएपछि उनीहरूको सुरक्षामा चुनौती थपिएको छ।

मौसम प्रतिकूल रहेकाले उच्च हिमाली क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा नजान अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।