विज्ञापन
समाज

फेटा घटनामा एसएसपी नेतृत्वमा छानबिन समिति गठन : प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो, पासवानको अवस्था नाजुक

कात्तिक १४ गते फेटा गाउँपालिका–३ मा निर्माण गरिएको आधारभूत अस्पतालको उद्घाटन गर्ने क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको बारेमा स्थलगत छानबिन गर्न एसएसपी नेतृत्वमा छानबिन टोली गठन गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो।

ढकालसँगै टोलीमा नेपाल प्रहरीका एसपी भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी ओमप्रसाद अधिकारीले बताएका छन्।

विज्ञापन

टोलीले फेटामा भएको झडप र प्रहरीले गोली चलाउनु परेको अवस्थाको बारेमा स्थलगत छानबिन गरी प्रतिवेदन पेस गरेपछि मात्रै थप कुरा भन्न सकिने डिआईजी अधिकारीले बताए।

प्रहरीले चलाएको गोली लागेर कार्यक्रमका लागि टेण्ट खडा गर्ने र कुर्सी मिलाउने कार्य गरिरहेका स्थानीय धर्मेन्द्र पासवानका छोरा अदित्य पासवान गम्भीर घाइते भएको भएका छन्।

पेटमा गोली लागेर गम्भीर घाइते भएका पासवानलाई वीरगन्जस्थित नेशनल मेडिकल तथा शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

फेटा गाउँपालिका प्रमुख रुस्तम अंसारीले उपचारका लागि चाहिने उपकरण र चिकित्सक जनशक्तिको व्यवस्थापनबिना नै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद मीक्षा बास्कोटालाई बोलाएर शिला लेखमा नाम लेखाउनका लागि अस्पताल भवनको उदघाटन गराउन लागेको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका थिए।

स्थानीयहरूले विरोध प्रदर्शन गर्दा उदघाटन कार्यक्रमलाई स्थगित गर्नुको साट्टो गाउँपालिका प्रमुख रुस्तम अंसारीले इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरीक्षक सुमन लामा नेतृत्वमा प्रहरी बोलाएर गोली चलाउने लगाएको आरोप पीडितहरूले लगाएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट मुक्त गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएर अर्को प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा पठाइएको बारा प्रहरीले जनाएको छ।

अस्पताल भवन निर्माण गरेर उदघाटन गर्न खोजिएको भन्दै ३/४ दिन पहिलादेखि नै स्थानीयहरूले त्यसको विरोध सुरु गरेका थिए।

स्थानीयहरूबाट विरोध भैरहेको थाहा पाएर बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र प्रहरी प्रमुख नरेन्द्र कुँवरले फेटा गाउँपालिका प्रमुख रुस्तमलाई बोलाएर विवादित कार्य नगर्न भन्दा भन्दै यो घटना घटाउन लगाएको स्थानीयहरूले आरोप लगाएका छन्।

प्रहरीको गोली लागेर पासवान घाइते भएको घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले फेटाका राजनीतिक दल र पीडित पक्षसँग छलफल गरेर घटनाको दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि स्थिति सामान्य बन्दै गएको छ।

बाराका प्रजिय अधिकारीले सुरुमै गाउँपालिका प्रमुख अंसारी र विपक्षी खेमाका अमिरीलाई साहलाई अस्पताल उदघाटनको विषयलाई लिएर गाउँमा झडप नगराउन भन्दै भन्दै यो घटना गराइएको आरोप लगाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।