विज्ञापन
समाज

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित भएको भए पनि उक्त प्रणाली नेपालतर्फ आउने सम्भावना न्यून रहेको उनले बताएका छन्।

धान काट्ने तयारीमा रहेका किसानले स्थानीय मौसमको अवस्था हेरेर कृषि कार्य सुरु गर्न सक्ने पोखरेलको भनाइ छ। आगामी दुईदेखि तीन दिनसम्म अपराह्नको समयमा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि धान काट्न रोक्नुपर्ने अवस्था नरहेको उनले बताएका छन्।

विज्ञापन

‘काटेको धान सुरक्षित राख्ने व्यवस्था भने गर्नुहोला,’ पोखरेलले किसानलाई सुझाव दिएका छन्।

तराई क्षेत्रमा भने वर्षाको सम्भावना खासै नरहेको उनले बताएका छन्। किसानले आफ्नो क्षेत्रको मौसम र पछिल्ला पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने उनको सुझाव छ।

धान काट्ने र भित्र्याउने समय भएकाले मौसमको अवस्थालाई ध्यान दिँदै कृषि कार्य अघि बढाउन सकिने पोखरेलले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।