विज्ञापन
समाज

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका-१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको ज्यान गएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बुढा मगरको गह्रौं प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

विज्ञापन

दुर्घटनामा परी पर्वत घर भई हाल वालिङ-१० बस्ने ४३ वर्षीय प्रेम राना मगर गम्भीर घाइते भएका छन्।

यस्तै, घाइते हुने अन्यमा ट्र्याक्टर चालक दाङ शान्तिनगर गाउँपालिका-१ का ३७ वर्षीय धनवीर पुन मगर, वालिङ-१० का २० वर्षीय सुलभ परियार र ४६ वर्षीय झकबहादुर थापा रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले दुर्घटनाको कारणबारे थप अनुसन्धान थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।