विज्ञापन
समाज

पहिरो र लेदो हटाएपछि बिपी राजमार्ग सञ्चालनमा

काठमाडौं। अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्ग आइतबार बेलुकादेखि पुनः सञ्चालनमा आएको छ। शुक्रबार र शनिबार परेको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानैदेखि डोजरको सहायताले सडकमा जम्मा भएको पहिरो र लेदो हटाउने कार्य सुरु गरिएको थियो। सडक खुलाउनका लागि सुरक्षाकर्मी र प्राविधिक टोलीलाई परिचालन गरिएको थियो।

रोशी गाउँपालिका-९ को पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं. ८ को गिम्दीबेँसीमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।