सिन्धुलीको भिमानमा प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ।
काठमाडौंबाट कृष्ण ट्रान्सपोर्टको सामान लिएर इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनापछि भएको आगलागीबाट ट्रकमा रहेको सामानमध्ये करिब ८० प्रतिशत क्षति भएको भएको छ।

यस्तै, स्कुटरमा सवार दुई जना घाइते भएका छन्। घाइते हेमराज बख्रेलको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई जिल्ला अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्का घाइते सृजना अधिकारीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।