विज्ञापन
समाज

सवारी दुर्घटनामा १४ जनाको मृ*त्यु, १४७ घाइते

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्। प्रहरीको विवरण अनुसार २४ घण्टामा सातै प्रदेशमा सवारी दुर्घटना भएका छन्।

सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेश र मधेश प्रदेशमा भएको प्रहरीको विवरणमा उल्लेख छ। विवरणअनुसार कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा चार जनाको मृत्यु र २५ जना घाइते भएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा तीन जनाको मृत्यु र २६ जना घाइते भएका छन्। बागमती प्रदेशमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

विज्ञापन

मधेश प्रदेशमा एक जनाको मृत्यु र ४६ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या शून्य रहे पनि दुई जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या शून्य रहेको छ भने १० जना घाइते भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।