विज्ञापन
स्वास्थ्य

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात ठूला अस्पतालमा जलनको उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यसका लागि ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको उनले बताए।

विज्ञापन

कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा जलन उपचार सेवा विस्तार गर्न थालिएको हो।

मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ।

मन्त्रालयले यसअघि उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम दिएको छ।

तालिममा नारायणी अस्पताल, वीरगन्जबाट डा प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।

तालिमपश्चात् सो जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न, गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सेवाको विस्तार गर्ने छन्। तालिम मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा सञ्चालन गरिएको छ।

महानिर्देशक डा पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धी तालिम दिने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।