विज्ञापन
स्वास्थ्य

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।

बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो।

अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षा सम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणाली एउटै उपकरणमा एकीकृत गरेको छ।

विज्ञापन

एकै प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण सहज रूपमा सञ्चालन गर्न सकिने सुविधा प्रदान गरेको छ। यो उपकरण मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको अस्पतालको भनाइ छ।

प्रविधिको प्रयोगबाट परीक्षण प्रक्रिया थप व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समय कम हुने भएको छ।

मुख्य गरी जैविक रासायनिक परीक्षण प्रणालीअन्तर्गत कलेजो, मिर्गौला, मधुमेह तथा अन्य विभिन्न प्रक्रियासँग सम्बन्धित परीक्षण गर्नुका साथै विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइड जस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण गर्न सकिने वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माको भनाइ छ।

यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधा सम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता अब कम गर्न सहयोग पुग्ने उनले बताए।

वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित र २०५८ सालमा स्थापना भएको सो अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।