विज्ञापन
राजनीति

‘सत्ता नै सबैथोक’ भन्ने सोच सच्याउँछौं : गगन थापा

पोखरा। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तालाई नै सबैथोक ठान्ने विगतको सोच सच्याउँदै सुशासन र परिणाममुखी काममा जोड दिने बताएका छन्।

मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले पार्टीका कमजोरी स्वीकारेर अघि बढ्ने बताए। थापाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्ने दुवै पक्षलाई समेट्नु पर्नेमा जोड दिए। प्रतिस्पर्धामा पराजित हुँदैमा योग्य नेताहरूलाई जिम्मेवारीबाट बाहिर राख्न नहुने उनको भनाइ थियो।

उनले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताए। यसका लागि केन्द्रीय समिति बैठकमा छलफल गरिने उनले जानकारी दिए।

विज्ञापन

सभापति थापाले पछिल्ला निर्वाचनमा कांग्रेससँग टाढिएका परम्परागत मतदातासँग संवाद गर्न मंसिर महिनाभर देशभरका वडा र टोलमा अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव समेत राखे। उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गरेर पार्टीलाई अघि बढाउनु पर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।