विज्ञापन
राजनीति

विधेयक छिटो अघि बढाउन सभामुखको आग्रह

काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा विचाराधीन विधेयकलाई छिटो अघि बढाउन आग्रह गरेका छन्।

विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गर्दै उनले विधेयकमाथि गहन छलफल गरी समितिको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका हुन्।

उनले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र कानुनी प्रक्रियाको पालना गर्न पनि सुझाव दिए। सम्बन्धित राजनीतिक दल तथा विषयविज्ञसँग आवश्यक छलफल गरेर औचित्यपूर्ण संशोधन प्रस्ताव अघि बढाउनु पर्ने उनको भनाइ थियो। सभामुख अर्यालले समितिमा हुने छलफललाई प्रभावकारी बनाउँदै विधेयक निर्माण प्रक्रियालाई गति दिनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।