विज्ञापन
राजनीति

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले सरकारका काममा थप स्पष्टता खोज्ने, प्रश्न गर्ने र चेक एन्ड ब्यालेन्स कायम राख्ने भूमिका पार्टीको भएको बताए। आवश्यकता पर्दा पार्टीले सरकारलाई फरक धारणा राख्ने तथा निर्देशन दिनेसमेत उनले बताए।

‘सरकारले गरेका सबै चिजमा पार्टीले हो मा हो मिलाउँदैन, न त पार्टीले गरेका हरेक चिजमा सरकारले नै हो मा हो मिलाउँछ,’ लामिछानेले भने, ‘त्यसैले सरकारका निर्णयहरूमा पार्टीले कहिलेकाहीँ फरक धारणा राख्ने वा स्पष्टता खोज्ने गर्छ।’

विज्ञापन

आइजिपी प्रकरणलाई जोडेर आएका प्रश्नमा लामिछानेले पार्टी कुनै पनि सुरक्षा अधिकारीको सरुवा-बढुवाको खेलमा नलाग्ने दाबी गरे।

पार्टीले आइजिपी, डिआइजी, इन्स्पेक्टर वा सिडिओ फेर्न दबाब नदिने बताउँदै उनले सरकारले चालेका हरेक कदमको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै हुने उल्लेख गरे।

पत्रकार पक्राउलाई लिएर सञ्चारकर्मीले ‘टु मच भएन र ?’ भन्ने प्रश्न सोधेपछि उनले ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिवाद गरे। अनुसन्धानका क्रममा सरकारले आफ्ना कामहरू गरिरहेको र यसबारे सरकारका प्रवक्ता तथा मन्त्रीहरूले समय आएपछि स्पष्ट पार्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।