विज्ञापन
स्वास्थ्य

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औं पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ९५ औं पटक रक्तदान गरेका छन्।

अस्पतालहरुमा रगत अभाव भइरहेको अवस्थामा राप्रपाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको हो। त्यसै अवसरमा यसअघि पनि पटकपटक रक्तदान गर्दै आएका अध्यक्ष लिङ्देनले आज अर्कोपटक रक्तदान गरेका हुन्।

“बिहीबार घरबाट पार्टी कार्यालय आउॅदै थिए, मोटरमा समाचार सुन्दै गर्दा अस्पतालहरुमा रगतको अभाव देखिन थालेको भन्ने समाचार सुनें, पार्टी कार्यालय पुग्नासाथ रक्तदान कार्यक्रम गरौं भन्ने भयो र आज नै रक्तदान कार्यक्रम राखियो मात्र होइन मैले ९५ औं पटक रक्तदान समेत गरें”, अध्यक्ष लिङ्देनले भने ।

विज्ञापन

त्यस अवसरमा अध्यक्ष लिङ्देनले रक्तदान कुनै औपचारिक कार्यक्रम वा एक दिनको अभियान मात्र नभई जीवनभर आत्मसात गर्न सकिने सामाजिक जिम्मेवारी हो भन्ने ठान्न र मानवीय दायित्व पूरा गर्न पार्टीका सबै तहका साथीहरुलाई आग्रह समेत गरे।

रक्तदान कार्यक्रममा राप्रपा सांसद खुस्बु ओली, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाललगायत युवाहरुले रक्तदान गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।