नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सचिव बस्नेतले राज्यसत्ताको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको प्रहारले देश बर्बाद हुन लागेको आरोप लगाएका हुन्।
नेता बस्नेतले रास्वपा सभापति लामिछानेलाई ‘जेठो’, प्रधानमन्त्री बालेन शाहलाई ‘माइलो’ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई ‘साइलो’ भन्दै लेखेका छन्, ‘जेठो भन्छ, १२ भाइ पत्रकारले देश डुबाए। साइलो भन्छ, २८ जनाभित्र नपर्ने के पत्रकार ? माइलो भन्छ, कुपण्डोल जाने पो पत्रकार, अरू त कलाकार।’

राज्यको प्रहरी प्रशासन दुरुपयोग गरेर आलोचनात्मक चेत राख्ने नागरिकमाथि धरपकड गरिएको भन्दै उनले आपत्ति जनाए। संस्थाहरूलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्ति हाबी भएको उनको दाबी छ।
सचिव बस्नेतले पत्रकारितालाई कसैको स्वार्थको चस्माबाट नभई स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको दृष्टिकोणबाट हेर्नसमेत आग्रह गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।