विज्ञापन
राजनीति

निलम्बित सांसदहरूलाई अतिथि बनाएपछि राप्रपाले सोध्यो मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ। श्रेष्ठले आफ्नो अध्यक्षतामा निलम्बित सांसदहरुलाई अतिथि बनाइ स्वागत तथा सम्मान कार्यक्रम गरेका थिए ।

पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीको अनुशासन समितिले गम्भीरतापूर्वक लिएको राप्रपाले उल्लेख गरेको छ।

पार्टीको निर्णय र अनिशासन उल्लंघन गरी निलम्बित भएका व्यक्तिहरूलाई पार्टीका कार्यक्रममा सहभागी गराउनु पार्टीको मर्यादा र अनुशासनविपरीतको कार्य भएको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले यस्ता गतिविधि नगर्न र नगराउन अध्यक्ष श्रेष्ठलाई सचेत समेत गराएको छ।

विज्ञापन

अनुशासन समितिका अध्यक्ष पार्टी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता निलम्बन गरिएका व्यक्तिहरुलाई पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउन समेत सबै जिल्लालाई आग्रह समेत गरेको समितिका सदस्य सचिव गोपाल दाहालले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।