विज्ञापन
अपराध

यी हुन् डोल्पा कारागारबाट सुरुङ खनेर भागेका कैदीहरु

सुर्खेत। जिल्ला कारागार कार्यालय डाेल्पाबाट सुरुङ खनेर भागेका आठ कैदीहरुकाे प्रहरीले पहिचान सार्वजनिक गरेको छ।

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएका थिए।

फरार हुनेमा रुकुम पश्चिमकाे आठविस्कोट नगरपालिका-१० का ३२ वर्षीय राम विक, डोल्पाकाे  त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय  कालिप्रसाद रोकाय, सल्यानकाे कुमाख गाउँपालिका-५ का २८ वर्षीय  रेशम राना, जाजरकोटकाे बारेकोट गाउँपालिका-१ का २५ वर्षीय यज्ञ विक र डोल्पाकाे त्रिपुरासुन्दरी-४ का २८ वर्षीय धन बुढा भन्ने हरी बहादुर बुढा छन्।

विज्ञापन

उनीहरु सबै जबर्जस्ती करणी मुद्धामा कैद सजाय भाेगिरहेका थिए। यस्तै, जाजरकोटकाे नलगाड नगरपालिका-९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमकाे आठबिस्कोट नगरपालिका-५ का ३८ वर्षीय तिलक भण्डारी र रुकुम पश्चिमकाे आठविस्कोट नगरपालिका-३ का ३२ वर्षीय आदेश भण्डारी फरार छन्। उनीहरु चाेरी मुद्धामा पुर्पक्षको लागि थुनुवामा थिए।

जिल्ला प्रहरी कार्यालय डाेल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरुले चार मिटर ६३ सेन्टीमिटर लामो सुरुङ खनेर फरार भएका हुन। फरार कैदीकाे खाेजि कार्य सुरु भइसकेकाे प्रहरीले जनाएकाे छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।