विज्ञापन
अपराध

सुरुङ खनेर भागेका आठ कैदीबन्दी अझै भेटिएनन्

डोल्पा।डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी तीव्र बनाएको प्रहरीले सर्वसाधारणसँग सहयोग माग्दै फरार व्यक्तिहरूको तस्बिर र विवरण सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले आइतबार सूचना जारी गर्दै फरार व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको हो।

प्रहरीले सूचना दिनका लागि १००, ०८७–५५००५६, ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बर सार्वजनिक गरेको छ। प्रहरीका अनुसार फरार हुनेमा डोल्पाका दुई, जाजरकोटका दुई, रुकुमपश्चिमका तीन र सल्यानका एक जना छन्। उनीहरूमध्ये ६ जना कैदी र दुई जना थुनुवा रहेका छन्।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता विनय सिंहले फरार व्यक्तिहरूको खोजी जारी रहेको बताए। उनका अनुसार खोजी कार्यलाई प्रभावकारी बनाउन उनीहरूको विवरण सार्वजनिक गरी सर्वसाधारणसँग समेत सहयोग मागिएको छ। गत शुक्रबार राति कारागारबाट सुरुङ खनेर उनीहरू फरार भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।