विज्ञापन
स्वास्थ्य

बिरामी सुरक्षालाई स्वास्थ्य सेवाको प्राथमिकता बनाउन राष्ट्रिय कार्यशाला

काठमाडौं।अस्पताल र स्वास्थ्य संस्थाको संख्या बढाउनु मात्र पर्याप्त नहुने भन्दै उपचार सेवालाई सुरक्षित, गुणस्तरीय र बिरामीमैत्री बनाउनु पर्नेमा जोड दिइएको छ।

स्वास्थ्य सेवाको गुणस्तर सुधार र बिरामी सुरक्षासम्बन्धी तीन दिने राष्ट्रिय कार्यशाला सम्पन्न गर्दै सहभागीहरूले उपचारका क्रममा हुन सक्ने जोखिम तथा रोकथामयोग्य त्रुटि न्यूनीकरणलाई स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नु पर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आयोजनामा बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा कात्तिक १४ देखि १६ गतेसम्म कार्यशाला सञ्चालन भएको थियो। कार्यशालामा देशभरका २६ मेडिकल कलेज तथा अस्पतालका ६४ प्रतिनिधि सहभागी थिए। भारतको भेलोर र बङ्गलादेशका स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास प्रस्तुत गरेका थिए।

विज्ञापन

कार्यशालामा बिरामीलाई प्रभावकारी उपचार उपलब्ध गराउनुका साथै उपचार प्रक्रियाबाट हुन सक्ने सम्भावित हानिबाट जोगाउनु पनि गुणस्तरीय स्वास्थ्य सेवाको महत्त्वपूर्ण पक्ष भएको विषयमा छलफल गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा. सुभाषप्रसाद आचार्यको पहलमा सुरु भएको यस कार्यक्रमको समन्वय अस्पतालका सहायक निर्देशक तथा गुणस्तर सुधार एवं बिरामी सुरक्षा इकाईका प्रमुख प्राडा. पवनराज चालिसेले गरेका थिए। कार्यशालाले स्वास्थ्य संस्थामा गुणस्तर, संस्थागत जवाफदेहिता र बिरामी सुरक्षासम्बन्धी अभ्यासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।