विज्ञापन
कला तथा मनोरञ्जन

यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै बहिष्कारको नारा लगाउनेहरूलाई व्यङ्ग्य गरेका हुन्। गिरीले लेखेका छन्, ‘एउटा समूहले छ माया छपक्कै २ लाई बहिष्कार बहिष्कार भनेर उफ्रेर होला हिजो व्यापार पनि केही बढेछ!!! यसरी नै गाली गरिरहनुस् न है, फिल्म हिट पो भइहाल्छ कि?’

उनले घृणाविरुद्ध प्रेमको अभियान निरन्तर चलिरहने पनि बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।