विज्ञापन
कला तथा मनोरञ्जन

‘गौँथली’ ले पायो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ।

फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले बुधबार सो अवार्ड जित्न सफल भएको हो।

फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ।

विज्ञापन

अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा कपिल रिजालले सामाजिक सन्जालमा आफ्ना अनुभव साझा गरेका छन्। ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए।

पच्चीस वर्षअघि आफ्ना बुबा डा भोला रिजालले निर्माण गरेका गीति चलचित्र ‘गौँथली’को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ।

चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्र र नेपाली माटोको जित भएकाे बताए।

केही दिन अगाडि मात्र प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोडमाथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ।

‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।