विज्ञापन
अपराध

भक्तपुरमा ३३ लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा ईभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक रोकेर जाँच गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार अख्तियारका कर्मचारीहरूले दुईवटा मोटरसाइकल र एउटा गाडी प्रयोग गरी उक्त कारलाई पछ्याउँदै ओभरटेक गरेर रोकेका थिए।

गाडीको खानतलासी गर्दा ३३ लाख रुपैयाँ बरामद भएको थियो। अख्तियारको टोलीले सडक किनारमै रकम राखेर मुचुल्का तयार पारेको थियो, जसमा केही घण्टा समय लागेको थियो। पक्राउ परेका अन्य तीन जनाको परिचय र बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको छ। सोमबार रातिसम्म प्रहरीले यस घटनाबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।