विज्ञापन
समाज

बाढीको पीडा समेटिएको गीत ‘आँखामा बसेको मान्छे’

‘आँखाको बसेको मान्छे आँशु बनेर झर्‍यो
बुझ्नै मान्दैन यो मन, नगर्नु मायाले गर्‍यो’

गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरू अब गीत बनेर गुञ्जिन थालेका छन्। बाढीपछि पीडितहरूको दुःख नजिकबाट देखेका केदार खतिवडाले त्यही पीडालाई ‘आँखामा बसेको मान्छे’ को बोलमा शब्दमा उतारेपछि संवेदनशील विषयका गजल गायकका रुपमा लोकप्रिय गायक थानेश्वर गौतमको स्वरमा नयाँ गीत बजारमा आएको छ।

बाढीले कसैको प्रियजन खोस्यो, कसैको घरबार उजाड्यो त कसैको जीवनभरसँगै रहने सपना एकैछिनमा बगायो। आँखै अगाडि आफ्ना मान्छे र सपनाहरू गुमाउनु पर्दाको पीडा कति असह्य हुन्छ भन्ने अनुभूति बोकेको यो गीतले प्राकृतिक विपत्तिले मानिसको मनमा छाडेको गहिरो घाउलाई प्रेम र बिछोडका विम्बमार्फत व्यक्त गरेको छ। यो गीत सुफि शैलीमा गाइएको छ।

विज्ञापन

गीतकार खतिवडा बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा तथा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

“बाढीपछि उद्धार तथा राहतका काममा खटिएका विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट जे देखें, सुनें र महसुस गरें। त्यही अनुभूति शब्दमा पोखेको हुँ”, गीतकार खतिवडाले भने।

गायक गौतमले ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘नाकमा फुली, ए मेरी ठुली’, लगायत करिब ५०० गीतमा आवाज दिइसकेका छन्। उनका गीतहरु विभिन्न चलचित्रमा प्रयोग भएका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।