चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको समारोहबाट १२९ जना खेलाडीहरू दीक्षित भएका छन्।
तीन दिन चलेको कार्यक्रममा बागमती प्रदेशका चितवन, धादिङ र सिन्धुलीबाट १२९ जना खेलाडीहरू सहभागी थिए। उनीहरू मध्य ११३ जना फर्स्ट डनबाट दीक्षित भएका छन्।

यस्तै सेकेन्ड डनबाट १२ र थर्ड डनबाट ४ जना दीक्षित भएको सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए।
उनीहरूलाई नेपाल सितोरियो कराते संघका प्रशिक्षक महेश कुमार श्रेष्ठले तीन दिन प्रशिक्षण दिएका थिए। समापन समारोहका प्रमुख अतिति नेपाल सितेरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले खेलाडीहरू दीक्षित हुनु आफैमा एउटा उपलब्धि भएको बताए।
उनले दीक्षित खेलाडीहरूलाई आगामी दिनमा थप जिम्मेवार हुँदै राष्ट्रका लागि योगदान गर्न सुझाव दिए।
चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरूलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरूलाई प्रेरित गर्न आग्रह गरे।
उनले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै देशको पहिचान स्थापित गर्न शुभकामना दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।