विज्ञापन
क्रिकेट

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको चुनौती

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रनको योगफल बनायो।

कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन्। त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे।

विज्ञापन

पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए। बलिङतर्फ काठमाडौंका करण केसीले दुई विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान एक ÷एक विकेट लिए। काठमाडौं अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।