नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई नयाँ दल भनेर गरेको टिप्पणीप्रति व्यंग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले व्यंग्य गरेका हुन्। उनले कांग्रेसको महाधिवेशनको मञ्चमा नयाँ–पुराना दलबीचका मिलन र विछोडका ‘रमाइला आवाज’ गुञ्जिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति साह्रो नहेपेको भए हुने थियो।’

प्रधानमन्त्री शाहले आयतबार राति फेसबुकमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भनेर स्टाटस लेखेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।