नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ५ ओभरमा छोट्टिएको खेल रोमाञ्चक मोडमा पुगेपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त’
एनपीएल अन्तर्गत शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल वर्षाका कारण ५–५ ओभरमा छोट्याइएको थियो। जसमा विराटनगरले विष्फोटक ब्याटिङ गर्दै मात्र ५ ओभरमा १०५ रनको विशाल योगफल तयार पारेको थियो।

खेलमा चौका र छक्काको वर्षा भएपछि प्रधानमन्त्री शाहको यस्तो प्रतिक्रिया आएको हो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।