विज्ञापन
राजनीति

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताले भनिन् : पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सनु हुँदैन

संयोजक पुष्पकमल दाहालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै रञ्जिता श्रेष्ठले उचाइमा पुगेपछि विगत र सहयोग बिर्सन नहुने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै उनले यस्तो बताएकी हुन्। उनले खुला आकाशमा उडिरहेको चराले पिँजडाको ढोका कसले खोलिदिएको थियो भन्ने बिर्सन नहुने उल्लेख गरेकी छन्।

‘किनकि उडान सधैँ उचाइतर्फ मात्र हुँदैन, समयले दिशा बदल्न पनि बेर लगाउँदैन,’ उनले लेखेकी छन्।

विज्ञापन

आज जसलाई आफ्नो पखेटामाथि सबैभन्दा बढी भरोसा छ, उसले पनि उचाइमा पुग्नु सामर्थ्य भए पनि त्यहाँ टिकिरहनु विवेक भएको बुझ्नुपर्ने उनको भनाइ छ।

‘शिखरमा पुगेपछि धरातल बिर्सनेहरूलाई समयले फेरि जमिनको यथार्थ सम्झाउन सक्छ,’ ‘लाल सलाम, कमरेडहरू’ भन्दै अभिवादन गर्दै श्रेष्ठले भनेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।