विज्ञापन
अपराध

नेपाल-भारतको सीमा क्षेत्रमा गाँजासहित एक जना पक्राउ

नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सोमबार साँझ सशस्त्र प्रहरीले चेकजाँचका क्रममा २८ किलो ४५० ग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ अ ६४९६ नम्बरको सीटी सफारीलाई चेकजाँच गरेको थियो।

जाँचका क्रममा सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजासहित एक कार्टुन बियर फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित सफारी र चालक जहदा–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ।

विज्ञापन

मण्डललाई बरामद गाँजा, बियर र सफारीसहित सशस्त्रले सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ। घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।