विज्ञापन
शिक्षा

नेपाली नृत्यमा स्वजन रघुवंशीले हासिल गरे विद्यावारिधि

काठमाडौं । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन्। ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खेरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्।

उपलब्ध विवरणअनुसार, नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने रघुवंशी पहिलो नेपाली हुन्। उनले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति दिँदै आएका छन्।

विद्यावारिधि गर्नुअघि रघुवंशीले काठमाडौंको लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आट्र्सबाट नृत्य विषयमा स्नातक गरेका थिए। त्यसपछि भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए।

विज्ञापन

नेपाली नृत्यको अध्ययन, प्रशिक्षण र प्रस्तुतिमा सक्रिय रघुवंशीको विद्यावारिधिले नृत्य विधामा उनको शैक्षिक यात्रालाई थप उचाइ दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।