विज्ञापन
राजनीति

नेतान्याहु व्यापक सरकार गठनको पक्षमा, अरब दल अस्वीकार्य

जेरुसेलम।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताएका छन्। तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गरे। आफ्नो लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उनले अर्को सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताए।

वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला इजरायल बेतेनुका नेता अभिग्डोर लिबरम्यानले नेतान्याहु नेतृत्वको गठबन्धनमा सहभागी नहुने बताएका छन्। उनले याशर पार्टीका नेता गदी आइसेनकोटलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रपति आइज्याक हर्जोग समक्ष सिफारिस गर्ने र नेसेट सभामुखमा यायर लापिडलाई समर्थन गर्ने जनाएका छन्।

विज्ञापन

लिबरम्यानले आइसेनकोटको चुनावी अभियानको आलोचना गर्दै विपक्षी समूहले अपेक्षाभन्दा कम ४८ सिट प्राप्त गरेको बताए। उनले नेतान्याहुसँगको एकता सरकारमा कुनै पनि अवस्थामा सहभागी नहुने स्पष्ट पारे। पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटको ‘बी याचड’ समूहले भने आइसेनकोटको सरकार गठन प्रयासलाई समर्थन गरेको छ।

एक सय २० सदस्यीय नेसेटमा विपक्षी समूहले ६७ र वर्तमान गठबन्धनले ५३ सिट जितेका छन्। तर, अरब नेतृत्वका दलको समर्थन बिना विपक्षीलाई सरकार गठन गर्न कठिन देखिएको छ।

राष्ट्रपति हर्जोगले अर्को निर्वाचन रोक्न राजनीतिक दललाई लचकता अपनाउँदै सहमति खोज्न आग्रह गरेका छन्। उनले नोभेम्बर ४ मा आधिकारिक निर्वाचन परिणाम प्राप्त गरेपछि दलका प्रतिनिधिसँग परामर्श गर्ने र नव निर्वाचित नेसेट सदस्यहरूले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ। –रासस / एएनआई

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।