विज्ञापन
कला तथा मनोरञ्जन

निर्देशक बन्ने रणवीर कपुरको चाहना

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण भाग १’ नोभेम्बर ५ मा प्रदर्शनमा आएको छ। फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले सीता, यशले रावण र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्।

फिल्म विश्वव्यापी रूपमा प्रदर्शनमा आएपछि कलाकारहरू यसको प्रचारप्रसारमा व्यस्त छन्। यसै क्रममा बीबीसी एसियन न्युज नेटवर्कसँगको संयुक्त भिडियो अन्तर्वार्तामा ब्रह्मास्त्र का अभिनेता रणवीरले आफूभित्र अझै पनि फिल्म निर्देशक बन्ने सपना रहेको खुलासा गरेका छन्।

फिल्म निर्देशनप्रति आफू किन आकर्षित भएको भन्ने प्रश्नमा रणवीरले निर्देशकहरू सधैँ सिर्जनात्मक सोचमा व्यस्त रहने तर कलाकारहरूले आफ्नो दृश्य दिएपछि अर्को दृश्यको प्रतीक्षा गरेर बस्ने बताए।

विज्ञापन

‘मैले केही महिनाअघि मात्रै एउटा पटकथा लेख्न सुरु गरेको हुँ। तर सिर्जना गर्नु निकै कठिन रहेछ। लेखक र सिर्जनाकर्ताहरूप्रति मेरो सम्मान अझै बढेको छ। आखिर उनीहरूले कसरी यस्तो सिर्जना गर्छन् होला भन्ने लाग्छ। मलाई लाग्छ, संगीतकारपछि सबैभन्दा बढी सिर्जनात्मक आनन्द महसुस गर्ने व्यक्ति निर्देशक नै हो,’ उनले भने, ‘कलाकारका रूपमा प्राप्त हुने आनन्द केही हदसम्म सतही हुन्छ। तर निर्देशकले फिल्म बनाउँदा, त्यो फिल्म राम्रो होस् वा नराम्रो, आफ्नो कथा भन्न र धेरै मानिसलाई एकै ठाउँमा ल्याएर त्यो कथा प्रस्तुत गर्ने अवसर पाउनु निकै सुन्दर अनुभव हो। म पनि यस्तो अनुभव गर्न पाउँछु भन्ने आशा राख्छु।’

आफ्नो पहिलो फिल्मका लागि कुनै निश्चित विधा रोज्नुभएको छ भन्ने प्रश्नमा रणवीरले कुनै विशेष विधि निश्चित नगरेको बताए। तर आफूलाई जीवनसँग नजिक रहेका कथाहरू मन पर्ने उनको भनाइ छ।

‘म कुनै निश्चित विधा भन्न सक्दिनँ। तर मेरा मनपर्ने फिल्महरू लाइफ इज ब्युटिफूल, इट्स अ वन्डरफूल लाइफ र राजकुमार हिरानीका फिल्महरू हुन्। सम्भवतः म पनि यस्तै किसिमको मन छुने, सकारात्मक र पारिवारिक ड्रामा बनाउन चाहन्छु,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।