दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।
दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट वरिष्ठ कवि कञ्चन पुडासैनी, दैवज्ञ साहित्य पुरस्कारबाट वरिष्ठ कवि एवं नियात्राकार निर्मोही व्यास (प्राडा वेदव्यास उपाध्याय न्यौपाने), दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार एवं बालसाहित्य स्रष्टा तेजप्रकाश श्रेष्ठ र दैवज्ञ समाजसेवा पुरस्कारबाट नेपाली शिक्षा परिषद् (अध्यक्ष, साहित्यकार रमा शर्मा) सम्मानित एवं पुरस्कृत हुने भएका छन्।
प्रतिष्ठानले प्रेरणा पुरुष कवि दैवज्ञराज न्यौपानेको पचासिऔँ जन्मदिवस तथा पन्ध्रौं स्मृतिदिवसका सन्दर्भमा मंसिर २९ गते एक समारोहको आयोजना गरी उक्त सम्मान तथा पुरस्कार समर्पण गरिने जानकारी गराएको छ।

सम्मानका लागि पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ र प्रत्येक पुरस्कारका लागि ३३ हजार ३३३ नगदराशिसहित सम्मानपत्र अर्पण गरिनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।