काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।
कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्।
घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।