विज्ञापन
खेलकुद

दुई वर्षपछि अमेरिकामा टेनिस कोर्टमा फर्किँदै नाडाल

स्पेनिस टेनिस स्टार राफेल नाडालले व्यावसायिक टेनिसबाट संन्यास लिएको दुई वर्षपछि अमेरिकामा प्रदर्शनी खेल खेल्ने भएका छन्।

२२ पटकका ग्रान्ड स्लाम विजेता नाडालले आगामी वर्ष फेब्रुअरी २७ मा अमेरिकाको लस भेगासस्थित टी-मोबाइल एरिनामा हुने ‘द एमजीएम स्ल्याम’ मा प्रतिस्पर्धा गर्ने आयोजकले सोमबार घोषणा गरेका छन्।

४० वर्षीय नाडालले सन् २०२४ मा आफ्नो खेलजीवनको अन्तिम वर्षका क्रममा लस भेगासमै कार्लोस अल्काराजसँग प्रदर्शनी खेल खेलेका थिए। आगामी खेल व्यावसायिक टेनिसबाट संन्यास लिएपछि अमेरिकामा उनको पहिलो प्रतिस्पर्धा हुनेछ।

विज्ञापन

नाडालले लस भेगासमा दर्शकले भरिएको रंगशालाको ऊर्जा आफूलाई अझै सम्झना रहेको बताएका छन्। यसपटक व्यावसायिक टुरको दबाबबिना फरक जीवनचरणमा फर्किन लागेको भए पनि टेनिसप्रतिको आफ्नो लगाव उस्तै रहेको उनको भनाइ छ।

‘लस भेगासजस्तो सहरमा दर्शकले भरिएको रंगशालाको ऊर्जा महसुस गर्नु निकै विशेष थियो। अहिले म जीवनको फरक चरणमा फर्किंदै छु। व्यावसायिक टुरको दबाब छैन, तर टेनिसप्रतिको जोस उस्तै छ,’ नाडालले भने, ‘मेरो व्यावसायिक करिअर समाप्त भए पनि प्रतिस्पर्धा गर्ने भावना हराएको छैन।’

प्रतियोगितामा सहभागी हुने अन्य खेलाडी र खेलको ढाँचाबारे आयोजकले आगामी केही साताभित्र जानकारी दिने जनाएको छ। प्रतियोगिता अमेरिकाको क्यालिफोर्नियास्थित इन्डियन वेल्समा हुने एटीपी मास्टर्स १००० प्रतियोगिताभन्दा केहीअघि आयोजना हुनेछ।

गत वर्षको संस्करणमा आठ खेलाडीले टाइब्रेकर ढाँचामा प्रतिस्पर्धा गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।