
झापाको शिवसताक्षीमा जमिनमुनि राखिएको डिजेल ट्यांकी अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
आगलागीबाट ट्यांकीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ भने टिफरमा समेत सामान्य क्षति पुगेको छ।

आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो। जमिनमुनि रहेको ट्यांकीबाट प्रदेश १-०१-००१ क १८०० नम्बरको टिफरमा डिजेल भर्ने क्रममा ट्यांकी अचानक पड्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका-३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ।
आगो नियन्त्रणमा लिन प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारी खटिएका थिए। प्रारम्भिक विवरणअनुसार आगलागीबाट ट्यांकीमा रहेको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ। ट्यांकी पड्किनुको कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।