विज्ञापन
स्वास्थ्य

जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका नागरिकले अब आफ्नै क्षेत्रमा कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र रिड्स नेपालको सहकार्यमा सञ्चालित विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रमबाट एक हजार ३७ जना लाभान्वित भएका छन् भने ४३ जना बिरामीको शल्यक्रिया गरिएको छ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोका अनुसार उक्त कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। यसअघि ईएनटीसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका बिरामी उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यतामा थिए।

कार्यक्रमका क्रममा बेलायतस्थित मेडिकल एड इन्टरनेसनल, यूकेको सहयोगमा करिब ८० लाख रुपैयाँ बराबर मूल्यको अत्याधुनिक जाइस ईएनटी सर्जिकल माइक्रोस्कोपसहित आवश्यक चिकित्सा उपकरण तथा सामग्री प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ। उक्त उपकरणले शल्यक्रिया सेवा विस्तार तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र आगामी दिनमा विशेषज्ञ स्वास्थ्य सेवा थप विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापन

कार्यक्रममा इयर एड नेपालका डा. माइक स्मिथ र डा. डीबी लामिछाने, अमेरिकाका डा. विल डिटर, प्रतिष्ठानका ईएनटी विभागीय प्रमुख डा. अनुपम कोइरालासहित बेलायतकी अडियोलोजिस्ट एमा, रजिस्टर्ड नर्स ग्याब्रिएल तथा अमेरिकाका फिजियोथेरापिस्ट निल सहभागी थिए।

भौगोलिक विकटता, विशेषज्ञ जनशक्तिको अभाव तथा आर्थिक कठिनाइका कारण कर्णालीका नागरिकले आधारभूत स्वास्थ्य उपचारमै समेत चुनौती भोग्दै आएका छन्। यस्तो अवस्थामा प्रतिष्ठानमै विशेषज्ञ टोलीबाट शल्यक्रियासहितको सेवा सञ्चालन हुनु स्वास्थ्य सेवाको पहुँच विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।

यसबाट बिरामीको उपचारमा लाग्ने खर्च र समय घट्नुका साथै विशेषज्ञ उपचारका लागि बाहिरी सहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।