विज्ञापन
राजनीति

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स्वदेश फर्किएकी छन्।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिएकी हुन्।

यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।

विज्ञापन

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ भन्ने मूल नारा रहेको उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठकहरू सञ्चालन भएका थिए।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनबारे विस्तृत छलफल भएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकको उपस्थितिका विषयमा पनि गहन विमर्श गरिएको थियो।

सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता (एआई) र साइबर स्पेसलगायतका जल्दाबल्दा विषयमा समेत बहस भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।