विज्ञापन
अर्थतन्त्र

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ। राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा थियो।

विज्ञापन

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा थियो।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।