विज्ञापन
खेलकुद

एनपीएल सुरु हुने दिन नै किन फर्कन लागे पाकिस्तानका कप्तान फर्हान ?

पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फर्हानले यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) गुमाउने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा समावेश गरेको जानकारी दिँदै तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनले प्रतियोगिता छाड्ने भएका हुन्।

फर्हानले राष्ट्रिय टोलीमा परेकाले पाकिस्तान फर्किनुपर्ने जानकारी कर्णाली याक्सलाई आइतबार दिएका थिए। त्यसलगत्तै टोलीले उनलाई सोमबार नै स्वदेश फर्काउने व्यवस्था मिलाएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले बताएका छन्।

घिमिरेका अनुसार फर्हानले अक्टोबर ३१ मा पुनः नेपाल फर्किन सक्ने सम्भावना रहेको बताएका थिए। तर, राष्ट्रिय टोलीको जिम्मेवारीका कारण उनलाई रोक्न नसकिएको र फर्किने टिकटसमेत काटिसकिएको उनले जानकारी दिए।

विज्ञापन

कर्णाली याक्सले एनपीएलका लागि दुई पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो। फर्हान प्रतियोगिताबाट बाहिरिए पनि अर्का खेलाडी हुसेन तलातलाई भने टोलीमै राख्ने तयारी छ। पीसीबीले प्रत्येक खेलाडीका लागि २५ हजार अमेरिकी डलर माग गरेपछि उक्त रकम आधा–आधा बेहोर्ने सहमति भएको स्रोतले जनाएको छ।

दुवै खेलाडी पाकिस्तान क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिएर काठमाडौं आएका थिए। नेपाल आइपुगेपछि पीसीबीले थप रकम माग गरेपछि पाकिस्तानी खेलाडीको एनपीएल सहभागिताबारे अन्योल बढेको हो।

प्रतियोगिताको महत्त्वपूर्ण चरणअघि फर्हानले टोली छाड्नुपर्ने भएपछि कर्णाली याक्सले उनको विकल्पमा अन्य विदेशी खेलाडी खोज्न थालेको छ। यसैबीच, पाकिस्तानी बोर्डको आर्थिक मागबारे एनपीएल बोर्डले पनि छलफल गरिरहेको छ।

यस विषयमा सहमति जुट्न नसके नेपालमा हुने एनपीएलमा अन्य पाकिस्तानी खेलाडीको सहभागितासमेत प्रभावित हुन सक्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।