काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ।
यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो।
जारी सिजनमा विराटनगर र चितवनको यो पहिलो खेल हो। आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ। तेस्रो संस्करणको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन्। पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) को व्यवस्था गरिएको छ।
यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरस्कार राशि पनि वृद्धि गरेको छ।
यसपालि उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने क्यानले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।