काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ।अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर ३ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।