विज्ञापन
विविध

आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घट्यो

काठमाडौं। आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समयमा परिवर्तन भएको छ। सरकारको निर्णयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन हुनेछन्।

यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। हिउँदको समयमा छिटो अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार साताको ५ दिन कार्यालय समय बिहान ९ देखि ४ बजेसम्म कायम गरिएको छ।

यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण उक्त निर्णय लिइएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।